गरिब दलितको पक्षमा बोल्दा एक जना समाजसेवि कुटिएका छन । जनकपुरधाममा लकडाउनका बिच गरिव विपन्नका लागि निशुल्क भोजनको शिविर सञ्चालन गर्ने समाजसेवी दलित साह उपर अभद्र व्यवहार तथा कुटपिट भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित धर्मवान टोलमा सडक छेउमै दशकौं देखि बस्दै आएका दलितहरुको बासस्थान हटाउने प्रयास भएपनि स्थानिय समाजसेवी साहले दलितको पक्षमा बोल्दा दिन दहाडै कुटिएका छन् ।करिव ३० वर्ष देखि सडक छेउमै बस्दै आएका दलित, गरिव विपन्नहरुलाई बिना कुनै भरपर्दो व्यवस्थापन हटाउन खोजेपछि लकडाउनमा उनीहरुलाई खाना खुवाएका साहले के आधारमा हटाउने भनेर प्रश्न गरेको मात्र के थिए स्थानिय लव अधिकारी, लक्षमेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गर्न थाले । सडक छेउमै टहरा बनाएर बस्दै आएका दलित, विपन्नहरुलाई जग्गा कब्जा गर्ने उद्देश्यले स्थानिय लव अधिकारी, लक्ष्मेश्वर यादव, ओम यादव, शंकर सिंहसहितकाहरुले हटाउन खोजेपछि दलितको पक्षमा बोल्दा आफुलाई कुटपिट गरिएको दिलिपले बताए ।धर्मवान टोलकी स्थानीय कलशिया देवीले दिलिपले सत्यको बोलेपछि उनीमाथि भूमाफिया लक्ष्मेश्वर यादवलगायतका व्यक्तिहरुले हातपात गरेको बताइन् । स्थानिय जिवन सदाले दिलिप साह उपर कुटपिट हुनु दुःखद रहेको र उनीसँग अन्याय भएको भन्दै न्यायको माग गरेका छन् ।
यता पीडित साहले न्यायका लागि प्रहरीलाई गुहार्दा प्रहरीले यो घटना सामान्य भएको भन्दै कुनै चासो नदेखाएको बताए । साहले सिडिओ र एसपीले उजुरी लिन आनाकानी गरिरहेको सुनाए । साहको पक्षमा रहेका दलितहरुले पनि साहले न्याय नपाए आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा उपस्थित कलशिया देवी सहनीले पिडित साह आफुहरुको सुख दुःख मा साथ दिने व्यक्ति रहेको र समाजसेवी रहेकाले बोलेकै भरमा कुटपिट गरिएको भिडियो समेत आफुहरुले खिचेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !