उच्च सतर्कता अपनाउन भलाइ कोषको अपिल

March 29, 2020

यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आफू मातहतका मजदूर तथा व्यवसायी एवं आम नागरिकमा अपिल गरेको छ । सरकारले कोरोनाको जोखिम नियन्त्रणका लागि लकडाउन गरेको अवस्थामा घरभित्रै बस्न र सामाजिक दूरी बढाउन पनि कोषले आग्रह गरेको छ । कोषका अध्यक्ष दिनेश फुल्लेलले शनिबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा महामारीजन्य प्रकोपको नियन्त्रण सबैको साझा दायित्व भएकाले सरकारले चालेका हरेक कदममा साथ र समर्थन रहने उल्लेख गर्नुभएको छ । विश्वव्यापीरूपमा बढ्दै गएको कोरोनाको सङ्क्रमणलाई लिएर नआत्तिन तर सतर्क रहन विज्ञप्तिमा आग्रह गरिएको छ । साथै विज्ञप्तिमा लकडाउनका बेला दैनिक ज्याला मजदूरी गर्नेहरु बढी समस्यामा परेकाले उनीहरुका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले राहत उपलव्ध गराउनुपर्ने माग पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH