प्रदेशिक अस्पतालमा कोरोना संक्रमणको उपचार हुने

March 28, 2020


प्रदेशिक अस्पताल जनकपुरमा आवश्यक सामग्रीहरुको आभावको कारणले उपचार हुने अवस्था नदेखिएपछि सो अस्पतालमा उपचार सुरु भएको छ ।जनकपुर अंचलाजनकपुर अंचल अस्पतालमा आउने गरिएको बिरामीहरुलाई निकै समस्या हुने गरिएको थियो । अस्पतालमा कार्यरत रहेका चिकित्सकहरुलाई आवश्यक सेवा सुविधा नहुदा उनिहरु ज्वरोको बिरामीलाई उपचार गर्न आनकानी गर्दै आएका थिए । जसकारणले अस्पतालमा आउने गरिएका बिरामीहरु उपचार विहिन बन्दै आएका थिए । तर अहिले अस्पतालमा आवश्यक सामग्रीहरु उपलब्ध भएपनि अस्पतालमा कोरोना संक्रमणको उपचार हुन थालेको छ।

अस्पतालमा कार्यरत रहेका चिकित्सकहरुको पन्ज लगागत अन्य सामग्रीहरु उपलब्ध नगएको कारणले चिकित्सक र नर्सहरु उपचार गर्न मानेका थिएन ।

जनकपुरस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस ९कोभिड–१९०संक्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट पिपिइ उपलब्ध गरेको खण्डमा भोलिदेखि सेवा दिनका लागि तयार भएको जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रादेशिक अस्पतालले आन्तरिक तयारी पुरा गरिसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। नागेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध लड्न तथा आम जनतालाई सेवा दिनका लागि आफूहरु दृढ भएको यसको तयारी पनि गरेको डा। यादवले बताउनुभयो ।

उहाले जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनस्र्थापना गृह, ए आइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारीलगायत कार्यालय सहायक तथा स्वीपरहरुको रिजर्भ पुल निर्माण गरिसकेको बताउनुभयो ।

ज्वरो क्लिनिक, इमरजेन्सी आइसोलेसन वार्ड र संभावित कोभिड–१९ आईसीयू सञ्चालन गर्न सबैलाई काम गर्न खटाइसकेको मेसु यादवले बताउनुभयो । सम्भवतः भोलीबाट प्रादेशिक अस्पतालले सेवा शुचारु गर्ने गरि तयारी गरेको छ । भोली यसका लागि आकस्मिक बैठक पनि बोलाएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH