बन्दीपुर अस्पतालमा आइसोलेसन कक्ष

March 19, 2020

कोभिड – १९ का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ । अस्पतालमा आठ श्ययाको सो कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । सो कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । “गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो । कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको उहाँ जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका–५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

आइसोलेसन कक्षलाई २० श्ययासम्म पु¥याउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यावसायिक करमा पचास प्रतिशत छुट कोरोनाको प्रभावले व्यवसायमा असर परेको भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा व्यावसायिक करमा पचास प्रतिशत छुट दिने निर्णय गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो । वित्तीय सङ्घसंस्थालाई व्याजदर कम गर्न तथा घरधनीलाई घरभाडा शुल्कमा सहुलियत गर्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “कोरोना भाइरसको कारण सबै किसिमका व्यवसायमा समस्या भएपछि व्यवसायीलाई हतोत्साही हुन नदिन व्यावसायिक करमा छुट दिने निर्णय गरिएको हो”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH