मधेस प्रदेशको नेतृत्व नेकपाले लिने

March 19, 2020


प्रदेशको नाम मधेस प्रदेश हुनु पर्छ भन्ने समाजवादी पार्टी र राजपा नेपालको प्रस्ताव अफिल भएपछि नेकपाले त्यसको नेतृत्व लिने तयारीमा रहेको छ। जानकी प्रदेशको नाम राखेपछि नेकपामा विवाद सृजना भएको थियो । अधिकांस नेकपामा रहेको पुर्व माओवादीका प्रदेश सभाका सदस्यहरुले यसको विरोध गरेका थिए ।

उनिहरुले मधेसमा पार्टीको छवि ठिक्क नरहेको र मधेस प्रदेशको पक्षमा जादा पार्टीको अधिकार बलियो हुनेमा अधिकांस पुर्वमाओवादीका प्रदेश सभा सदस्यहरु एक मत देखिएका थिए । तर उनिहरुले पार्टीको प्रस्ताव दर्ता भएको कारणले त्यसको पक्षमा जाने निर्णय गरेको थियो । तर अब आउने समयमा नामको विषयामा छलफल गर्ने बताएका थिए । प्रदेश सभाको निर्वाचनमा नेकपा प्रदेश दुईको नामका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामकुमार यादवले पेश गरेको ‘जानकी’ अस्वीकृत भएको छ । ‘जानकी’ को लागि जम्मा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको छ ।
मतदानमा नेकपाका सांसदको ३२ सहित अन्य दलका ५ सांसदले ‘जानकी’ मा मतदान गरेको हुन् । नेकपाका प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री मातृका यादवका निकट मानिएका जगत यादवले समाजिक संजालमा लेखेका छन मधेसवादी दलको घमण्ड र राजनिति विहिन सोचको कारणले प्रदेश २ले पहिचान सहितको नाम र राजधानी नामाकरण गर्न सकेन र अब नेकपाले नेतत्ृव लिने छ ।नेकपामा जानकी प्रदेशको प्रस्तावलाई लिएर विवाद देखिएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH