मञ्चमा दिपक आधिकारीकमा देवेन्द्र

March 18, 2020


नेपाल मधेशी निजामती कर्मचारी मञ्च, जिल्ला कार्य समितिको पुनः गठन भएको छ । मिति २०७६ चैत्र ४ गते जनकपुरधाम स्थित चरन विकास तथा घाँसे वाली विउ वृद्घी फारममा वसेको मञ्च, जि.का.स. धनुषाको वैठकले कार्य समितिमा रिक्त रहेका पदहरुमा पद पुर्ति गर्दै कार्य समितिको पुनः गठन गरेको छ । आधिकारीक ट्रेड युनियन तथा मञ्चका जिल्ला अध्यक्ष श्री राम वावु साहको उमेर हदका कारण यहि पौषमा सेवा निवृती भएको हुँदा नेपाल मधेशी निजामती कर्मचारी मञ्चको जि.का.स. धनुषाको अध्यक्ष पदको जिम्मेवारी कार्य समितिका उपाध्यक्ष दिपक ठाकुरलाई दिने निर्णय गरेको छ ।

त्यसै गरी वैठकले आधिकारीक ट्रेड युनियन, धनुषाको अध्यक्ष पदमा मञ्चकै तर्फवाट प्रतिनिधित्व हुने व्यवस्था अनुसार आधिकारीक ट्रेड युनियन, धनुषाको अध्यक्ष पदमा देवेन्द्र कुमार मिश्रलाई चयन गरी पठाउने निर्णय समेत गरेको छ । बैठकले मञ्च जि.का.स.को रिक्त उपाध्यक्षहरुमा क्रमशः नविन कुमार झा र राज कुमार साहलाई समेत चयन गरेको जानकारी मञ्चका महासचिव तथा प्रदेश नं. २ का संयोजक श्री बेचन कुमार महतोले दिनु भएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH