विप्लव का १४ जना कार्यकर्ता पक्राउ,बालिका उद्धार

March 12, 2020


अपहरणको आरोप विप्लव समुहका १४ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।प्रहरीले अपरहणमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकापका १४ जना नेतारकार्यकर्तालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट पेस्तोल ३ थान, म्याग्जीन ३, सकेट बम ११ थान, प्रेसर कुकर बम १ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद खातीले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषा, सिरहा र उदयपुरको संयुक्त प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले ती किशोरीको उद्दार गरेको हो।
अपहरण गरेर आफ्नो क्याम्पमा राखेर कार्यकर्ताको भूमिका काम गराउन ती युवतीको अपरहण गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु विप्लव नेकपाको लडाकु दस्ता रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH