मुख्य मन्त्री लालबाबु राउतलाई महामुर्खको उपाधि दिने

March 9, 2020


मिथिला नाटय कला परिषदले प्रत्येक वर्ष गर्दै आएको दुई दिने होली महोत्सव अन्र्तगत महामुर्ख सम्मेलनमा यस वर्ष महाुमर्खको उपाधि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गर्ने भएको छ । महामुर्खको लागि विभिन्नहरुको नाम सिफारिस गरिएपनि अन्तीम समयमा आएर राउतलाई दिने निर्णय गरिएको छ । त्यसैगरि जितेन्द्र सोनललाई समेत उपाधि प्रदान गरिने निर्णय भएको छ । सोनललाई महामुर्खको उपाधिक दिने चर्चा चलेपनि मुख्यमन्त्री राउत कार्यक्रममा आउन तयार भएपछि उहालाई नै दिने भएको छ । मिथिला नाटय कला परिषदले होलीको अवसरमा प्रदान गर्ने विभिन्न मान पदवीहरु विवादमा पर्दै आएको छ । समाजिक संजालमा यसको व्यापक आलोचना हुन थालेको छ । संचारकर्मी सन्तोष कर्णले समाजिक संजालमा लेखेका छन मिनापले मुह देख मुगवा परसैत अछि ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH