जनगणनालाई विश्वसनिय बनाउनुपर्नेमा जोड

March 6, 2020


तथ्याङ्क सङ्कलनलाई विश्वसनीय बनाउनुपर्नेमा जनकपुरधाममा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।उनिहरुले सरकारले ल्याउने गरेको तथ्यांकले निति निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने गरेको कारणले यसलाई वैज्ञानिक र विश्वसनिय बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।

उनिहरुले संघीयता पछि हुन लागेको तथ्यांक संकलनले तिन वटै तहका सरकारलाई योजना बनाउन सहयोग पुग्नेमा जोड दिएका छन ।
केन्द्रिय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय धनुषाको आयोजना एवं नेपाल पत्रकार महासंघको सहकार्यमा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा सञ्चार तथा प्रचार प्रसारका लागि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सत्य तथ्य र सही तथ्याङ्कले देशको नीति तथा योजना निर्माण र कार्यान्वयनमा सहयोग पुर्याउने हुँदा सहि तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड दिएका छन् ।केन्द्रिय तथ्याङ्क विभागले आगामी २०७८ सालको जेठ २५ गतेदेखि र असार ८ गतेसम्म १२ औं जनगणना गर्न लागेको हो । अन्तरक्रियामा विभागका निर्देशक ढुण्डीराज लामिछानेले संघीय संरचनामा सामुदायिक प्रश्नावलीको प्रयोग गरी सम्पूर्ण घरधूरीहरुको प्रयोजनसहित गणना गर्न लागिएको जानकारी दिनुभयो ।
१२ औँ जनगणनालाई प्रविधिको प्रयोग गरेर स्थानीय तह अनुसारको नतिजा प्रकाशन गर्ने र तथ्याङ्क सङ्कलनको विधि, प्रक्रिया र समावेशिताको विविध पक्षमा सञ्चारजतले निगरानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान समेत गरे ।अन्तरक्रियामा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले विश्वसनीय तथ्याङ्क संकलनका लागि ६ महिना अगावै गणकहरुको पहिचान हुनुपर्ने र उनीहरुका लागि तालिमको व्यवस्थापन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
झुठो विवरण लेख्ने र लेखाउनेहरुलाई कारवाही हुनुपर्ने उहाले बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले कुनै राजनीतिक दलको सिफारिसमा गणक नियुक्त नहुनुपर्ने बताउनुभयो । उहाले गणकहरु फेयर हुनुपर्छ नत्र गलत तथ्याङ्क आउन सक्ने बताउनुभयो । उहा गणकहरु घरघरमा गएर सहि तथ्याङ्क संकलन गरिरहेको छ कि छैन् त्यसको पनि निगरानी गर्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।
गणनामा ४३ हजार गणक र ९ हजार गणना सुपरिवेक्षक सहित ५२ हजार जनशक्ति परिचालन हुने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH