आफनो पुर्खेली संस्कृति संरक्षणमा थारु समुदाय क्रियाशिल

March 5, 2020


आफ्नो पुर्खाले संरक्षण गर्दे आएको संस्कृति लोप हुने अवस्थामा पुग्दा नवलपुरका थारु समुदायहरु पुर्खोली संस्कृती संरक्षण गर्न लागि परेका छन । थारुहरुले पहिले देखि मान्दै आएका चालचलन अहिले विस्तारै लोप हुने खतरा देखिए पछि नवलपुरका थारु समुदायहरु आफै आफ्नो संस्कृति संरक्षणमा लगेका छन । पहिले थारु समुदायमा प्रयोग गरिने भाडा कुडा देखि चाल चलन रहन सहनमा पनि परिवर्तन आएको हुदा थारु समुदायको संस्कृति लोप हुन नदिन थारु समुदायहरुले विभिन्न उपायहरु अपनाइ संस्कृति संरक्षणमा लागेका छन ।

नयाँ आएका पिडिहरुले थारु भन्ने जाति केवल इतिहासमा मात्र सिमित हुने अवस्थाको सृजना नहोस भन्न अहिले नवलपुरका थारु समुदायहरु होम स्टे द्धारा संस्ृकति संरक्षणमा जुटेका छन । थारूहरूको मृत्युसंस्कार ठाउँअनुसार फरक(फरक पाइएको छ, पूर्वी तराईका थारूले लास जलाउँछन्। पश्चिम तराईका थारूहरूले गाड्छन्। लास गाड्दा पुरुषको भए घोप्टो पारेर र महिलाको भए उत्तानो पारेर गाडिन्छ। क्रिया गर्दा पूर्वका थारूले ब्राहृमण लगाउँछन् भने पश्चिमकाले भर्रा लगाउँछन्। परिश्रमी र इमान्दार थारू जातिको एक विशिष्ट पहिचान हो। उनीहरू सरल मिजासका मेहनती र इमान्दार हुन्छन्। खेतीपाती र पशुपालन नै मुख्य पेशा भए पनि आजकल व्यापार र नोकरी गर्न पनि थालेका छन्। यिनीहरूको ठूलो बस्ती भएको ठाउँलाई थरूवान, थरूहट वा थरोट पनि भनिन्छ। थारू जातिको एउटा मुख्य विशेषता संयुक्त परिवारको पनि हो। ३(४ पुस्तासम्मका थारू परिवारहरू एउटै संयुक्त परिवारमा रहेको र एउटै परिवारमा १ सय ५० जना सदस्य रहेको पनि पाउन सकिन्छ। खासगरी पश्चिम तराईका थारू जातिमा संयुक्त परिवारको अवधारणा व्याप्त छ। यसबाट खेती र पशुपालनजस्ता सामूहिक जीविका चलाउन सजिलो भएको छ।
वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो छैन। अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ। पश्चिम नेपालमा व्याप्त कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए। २०५७ साउन २मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा सुधार आएको छैन। अरुको घरमा छोरीहरूलाई काममा ’कमलरी’ का रूपमा राख्ने चलन रोकिएको छैन। अन्य क्षेत्रमा पनि यिनीहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्।

शिक्षा र चेतनाको स्तर बढ्दै गएकाले उनीहरूको अवस्थामा सुधार हुँदै आएको छ। विशेष गरि युवा जमातलाई थारु संस्कृति संरक्षण गर्नु पर्छ भन्ने मुख्य शिक्षा दिन पनि होम स्टेद्धारा थारु संस्कृति संरक्षणमा लागेको कावासोती १५ की मिना चौधरीले बताइन उनका अनुसार अहिले नवलपुरमा थारु समुदायले प्रयोग गर्ने प्राचिन सामाग्रिह हेर्न पनि पाउने र प्रयोग गर्न पनि पाउने हुदा थारु समुदायको ध्यान संस्कृति संरक्षणमा चासो देखिएको बताउछिन ।
पहिले थारु समुदायले जति सामाग्रि प्रयोग गर्थे अहिले भने त्यसको प्रयोग त्यति नभएको देखिन्छ । पहिले थारु समुदाय पहिचान गराउने घरको बनावट पनि अहिले लोप हुन थालेको देखिएको छ । अहिले थारु समुदायहरुले आफ्नो पुर्खाले बनाउने घर पनि मास्न थालेको देखिन्छ । आधुनिक र सुविधा तर्फ बढि आकर्षित हुदा थारु समुदायको संस्कृति नै लोप हुने देखिएको थारु समुदायको भनाइ छ । कावासोती १५ की लक्ष्मी चौधरीलाई पनि आफ्नो जातिको संस्कृति लोप हुने अवस्थामा पुग्दा दुखिद् भएको बताउ छिन । चौधरीका अनुसार अहिले बढि सुविधाका कारण पनि थारु समुदायको संस्कृति लोप हुने अवस्थामा आएको बताइन । समय अनुसार रहन सहन पनि परिवर्तन भएको उनको भनाइ छ ।
अहिले थारु समुदायको संस्कृति संरक्षण गर्न धेरै चुनौतिहरु छन तर चुनौतिका विच पनि नवलपुरका थारु समुदायहरुले जातित्व संरक्षण गर्न लागि नै परेका छन । पहिले थारु समुदायले अपनाउने संस्कृति अहिलेका पिढिले प्रयोग गर्न नजान्दा पनि थारु समुदायको संस्कृति लोप हुने अवस्था आएको र अबका युवा पिढिलाई थारुको संस्कृतिको बारेमा राम्रो ज्ञान दिन आवस्यक रहेको तेजनारायण महतोको भनाइ छ छ ।
थारू जाती आफ्नै थारू भाषाका अलावा नेपाली भाषा बोल्छन भने केहीले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधि भाषा पनि बोलीरहेका हुन्छन्। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो दसैं, तिहारका अलावा थारूहरू धुमधाम सँग माघी, जितीया आदी पर्व मनाउने गर्दछन।
थारू जातिको पुरोहितलाई ’गुरुवा’ वा ’भर्रा’ पनि भनिन्छ। थारूहरूको पारिवारिक र सामाजिक चाड पर्व मनाउँदा पुरोहितको ठूलो भूमिका हुन्छ। यिनीहरू ’देउरहार’ भन्ने ईष्ट देवताको पूजा गर्छन्। विवाहमा केटी पक्षलेरकेटीका साथी(सङ्गनिले(जन्ती वा केटा पक्षलाई जथाभावी सराप दिने र गाली गर्ने चलन छ। बेहुली अन्माउँदा अन्य चीजको अतिरिक्त एउटा कचौरा पनि दिने गरिन्छ, जुन बेहुलीलाई अत्यन्तै दुःख पर्दा विषपान गर्न दिइएको हो भन्ने विश्वास गरिन्छ।


ऐतिहासिक रूपमा थारूलाई राजपूत स्त्रीहरूसँग सम्बन्धित देखाइएको छ। मुलसमानहरूले राजपूतमाथि आक्रमण गर्दा राजपूत महिलाहरू थारूहरूसँग भागेर आएको आख्यानका आधारमा हाल पनि थारू महिलाले आफ्नो श्रीमानलाई भात दिँदा खुट्टाले धकेलेर दिइ आफ्नो जातीय प्रभुत्व कायम राख्न खोजेको पाइन्छ। थारूहरू बिहानको खाजाहरूलाई ’कल्वा’, दिउसोको खानालाई ’मिन्ही’ र साँझको खानालाई ’बेरी’ भन्छन्। थारूहरूको कुलदेवता काली भगवती, मैया र गोरैया हुन्। हरेक घरमा कुल देवता रहन्छन्। कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ। यिनीहरूका सामूहिक देवता ’बरदम’ र ’भूइहार’ हुन, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ। यिनीहरूको मुख्य चाड ’माघी’ हो, जुन माघ महिनाको सुरूमा मनाइन्छ। थारु मात्र नभई देशमा रहेका अन्य जाति समुदायको संस्कृति पनि लोप हुने अवस्थामा पुगेको छ । नेपाललाई विभिन्न जातजाति, भाषा, धर्मको एकता सुत्राधार भनि विश्वमा चिनाइ रहदा विभिन्न संस्कृति,रहनसहन, भेषभूषाको संरक्षण सबैको दायित्व हुन आवस्यक छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH