विग्ही नदिमा पानी होइन विष बग्छ,सरोकारवाला निकाय मौन

March 5, 2020


धनुषा महोत्तरीको सिमान भएर बग्ने गरेको विग्ही नदिमा पानी भएर विष मात्रै बग्ने गरेको छ । सखुवा महेन्द्र स्थित एभेरेष्ट पेपर मिल्सले नदिमा फाल्ने गरेको विषाद पानीको कारणले नदिनको अवस्था दैनिय मात्रै नभएर पानी नै कालो हुने गरिएको छ । स्थानिय कृषकहरुका अनुसार नदि छेउमा गाई भैसी चराउन जादा र नदिको पानी खाने गरेपछि आफुहरुको पुश नै बिरामी पर्ने गरे स्थानिय किसानहरुको कथन रहेको छ ।

महोत्तरीमा रहेको विग्ही दिनको एउटा धाराको पानी विषतुल्य भएको छ । सेताम्य देखिनुपर्ने पानीको रंग नै कालो भएको कारणले जिल्लाको विभिन्न गाउहरुको जनजिवन प्रभावित बन्दै आएको छ । यसको नाकारात्मक परिणामको सिकार स्थानियवासीहरुले भोग्नु परेको छ । धनुषा जिल्लामा रहेको एभरेष्ट पेपर मिल्स प्रालिले प्रयोग विहिन विषाक्त केमिकल नदिमै पठाउदा पानी विष तुल्य भएको छ । पेपर मिल्सले २०४२ साल देखि निरन्तर रुपमा नदिमा प्रयोगविहन विर्सन गर्ने गरेकामा सर्वोच्च अदालतले त्यस्तो नगर्न २०६१ साल श्रावण १२ गते नै आदेश दिईसकेको छ । काठमाडौ स्थिति जनहिन संरक्ष्ण मंच सहितकोले २०५८ सालमा दिएको रिटमा न्यायधिस चन्द्रप्रसाद पराजुली तथा बलराम केहीको संयुक्त इजलासले परामादेश समेत निर्देशनात्मक आदेश पेपर मिल्सलाई दिएको थियो ।
तर अझै सम्म यसको कार्यान्वयन भएको छैन । विषक्तातुल्य प्रयोगहिन केमिकल्स विसर्जनले गर्दा विग्ही नदि जिवविहिन भईसकेको छ । नदिमा माछा मात्र नभई कुनैपनि जिव बाच्ने किसिमको अक्सिजन भेटिन गाहो भएको विज्ञहरुको बताउछन । नदिको कालो पानीको प्रयोगका कारण कारण यस भेगमा पशुहरुको मृत्यु समेत हुने गरिएको स्थानियवासीहरुको कथन रहेको छ । उनिहरुका अनुसार चरणको लागि दिन किनारमा जाने गरेको पशु पानी खाएको खण्डमा बिरामी पर्ने गरेका छन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH