पद तथा गोपनीयताको शपथ

March 4, 2020

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति भण्डारीले उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोक्नुभएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH