जनकपुरनगरको सार्वजनिक शौचालयको दुरावस्था,खुल्ला स्थान शौच

March 4, 2020

नेपाल दक्षिण एशियाको पहिलो दिसा पिसाब मुक्त मुलुक घोषणा भएको छ। तर सरकारले उसको उचित तयारी विना गरिएको कारणले त्यो कार्य अहिले घोषणामा सिमित बनेको छ । प्रदेश नम्बर २ को अस्थायि राजधानी जनकपुरमा अहिले जतात्यतै शौचको लागि खुला क्षेत्र अपनाउनुपर्ने वाध्यता रहेको छ। जनकपरमा आउने गरिएको पर्यटकहरुलाई सार्वजनिक शौचालयको आभावको कारणले विभिन्न स्थानहरुको पर्खाल मुनि ओत लाग्नुपर्ने वाध्यता रहेको छ। जनकपुरधाम उपमहानगरपालिकामा २२ वटा सार्वजनिक शौचालय रहेको छ तर अधिकांस शौचालयहरु भने जिर्ण रहेको कारणले गर्दा प्रयोग विहिनताको अवस्थामा रहेको छ।
तराईका अधिकांस सहरहरुको अवस्था समेत यस्तै रहेको छ। जनकपुरधाममा आउने गरिएको पर्यटकहरुलाई सार्वजनिक शौचालयको आभावको कारणले गर्दा समस्या हुने गरिएको छ। नगरको अधिकांस भुभभागहरु खुला शौचालयको कारणले नगर क्षेत्र दुगन्धीत बन्ने गरेको छ।
स्थानिय सुशिल कर्णले सरोकारावाला निकायहरुको तत्काल ध्यान नदिएको कारणले गर्दा समस्या आएको छ।
सर्लाही जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेपनि खुल्ला चौरमा सौच गर्नेहरुको कमी छैन । खुल्ला दिशा मुक्त अभियानका बेला गाउँ घरमा बनाइएका धेरै शौचालयहरु हलसम्म प्रयोग विहिन नै रहेको छ । सरकारी रकमले तामझामको साथ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिए पनि अहिले कागजमै सिमित भएका छन् ।
अभियान कर्ताहरुले जिल्लालाई खुल्ला दिसामुक्त घोषण गर्न हतार गरेकाले अभियान प्रभावकारी हुन नसकेको स्थानीयको भनाइ छ । अभियानमा जुटेका सरकारी कार्यालयका कर्मचारी र संघ सस्थाका प्रतिनिधिहरुले शौचालय विनानै कार्यक्रम सकेकाले अहिले गाँउघरको सडकमा दुर्गन्ध बढेको छ । शौचालय निर्माण गरेकोलाई सरसफाइ कार्ड नभएसम्म सरकारी सेवा सुविधा नपाउने पालिकाले सूचना जारी गरेपछि स्थानीय बासिन्दाले सरकारी सुविधा लिनका लागि अस्थायी सौचालय निर्माण त गरे तर ति शौचालयहरु अहिले प्रयोग बिहीन भएका छन् ।
जिल्ला खुल्ला दिशा मुक्त हुन पहिला खुल्ला दिसामुक्त अभियान सफल बनाउन स्थानीय तहले बिपन्न तथा गरिब परिवारकालागि सिमेन्ट, रड, रिङ लगायतको निर्माण सामाग्री निशुल्क अनुदानमा उपलब्ध गराए पनि प्रभावकारी नभएपछि अहिले स्थानियहरु खुल्ला सौच गर्न बाध्य भएको छ ।नागरिकमा जनचेतनाको कमी, गरिबी र शौचालय बनाउने जग्गाजमिन नभएका परिवारले अहिले सडक, खोलाका किनार, उखुबारी, बासघारी र खाली ठाँउमा शौच गर्न बाध्य भएका छन् ।गाउँघरमा अझै स्थलगत अनुगमन गर्ने हो भने ५० प्रतिशत भन्दा बढी नागरिक शौचालय भन्दा बाहिरनै शौच गर्ने गरेका छन् । नेपालमा ७१ औँ जिल्लाको रुपमा सर्लाही खुल्ला दिशा मुक्त जिल्ला घोषणा भए पनि त्यो कागजको पानामा मात्र सिमित भएको छ । जिल्लालाई खुल्ला दिशा मुक्त घोषना गर्न एक अर्ब भन्दा बढी रकम खर्चिए पनि विभिन्न पालिकाहरुमा रहेको बाटो, पोखरी, नदिमा अहिले नाक छोपेर हिडनु बाहेक अर्को विकल्प छैनन् । भदौ ३० गते सोमबार, खुल्ला दिशामुक्त सर्लाहीको पहिचान पुर्ण सरसफाइ तिर अब हाम्रो अभियान सुन्दर समुन्नत सफा सर्लाही, पुरा गरीयो यो अभियान घरघरमा चर्पी बनाई मुल नाराको साथ जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिए पनि यी नारा कागजमा मात्र सिमित हुन पुग्यो ।
तराईमा सरकारले समेत हतारमा खुल्ला दिसा पिसाव मुक्त गरिएको कारणले गर्दा अहिले समस्या आएको युवा अभियानी सरोज मिश्रले सरकारले हतारमा खुलाा दिसा पिसाव मुक्त गरिएको कारणले गर्दा अहिले समस्या आएको बताउनुभयो ।
प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् ।
३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला चौरमै दिसापिसाब गर्न रुचाउने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो ।
ती वडाका बासिन्दा आर्थिकरुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदाहँुदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको छ ।
महानगरपालिकाले ३२ वटै वडामा चर्पी त बनायो तर त्यहाँका मानिसको बानीमा परिवर्तन नहुँदा बाटो घाटो तथा खुला चौरमा दिसापिसाब गर्ने गरेको भनाइ प्रमुख कर्णको छ । शौचालय नबनाई खुला चौरमा दिसापिसाब गर्नेलाई कस्तो कारवाही गरिने भन्ने जिज्ञासामा नगरप्रमुख विजयकुमार सरावगीले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने प्रयास भइरहेको बताउनुभयो ।
३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुमटी शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान शुरु भएको हो । वीरगञ्ज महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो । प्रदेश नं २ मा नौ लाख ३३ हजार ६४९ घरधुरीमा शौचालय बनेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH