सडकमै मासुको व्यापार,फोहरले समस्या

March 4, 2020


तराई मधेसका अधिकांस जिल्लाहरुमा व्यवस्थीत मासु पसल नरहेको कारणले सर्वसधारणहरु अस्वस्थ्य मासु खान वाध्य रहेका छन ।

मधेसका जिल्लाहरुमा खुलेयाम सडक किनारमा थापिएको पसलहरुको कारणले उपभोक्ताहरुलाई अस्वस्थ्य मासु खाने गरेका छन भने उनिहरु फोहरको समस्याले समेत सताउने गरेका छन । अर्को तर्फ मासु पसलको कारणले बढने गरेको दुगन्धले समेत सताउने गरेको स्थानियवासीको कथन रहेको छ । जनकपुरको परिक्रममा सडक छेउमा रहेको मासु पसलले फोहर र दुगन्ध फैलाउने गरो छन । जसले समस्या आउने गरिएको छ ।

चन्द्रनिगाहपुर गौर सडक खण्डको छेउमा मासु पसल जथाभावि र अस्तव्यस्त किसिमले राखिएको कारणले आवत जावत गर्नेहरुलाई समस्या हुने गरिएको छ । सडक छेउमा जथाभावि रुपमा राखिएको पसलको कारणले गर्दा समस्या भएको छ । फोहर समेत अत्याधिक बढेको स्थानियवासीहरुको कथन रहेको छ । नगरपालिकले सफा र स्वच्छ मासु बिक्री र्न पहल नै नगरेको स्थानियवासीको कथन रहेको छ । उनिहरुका अनुसार यसले गर्दा समस्या आएको छ ।
वृन्दावन नगरपालिकाको हरसाहा,डुमरिया,चन्द्रनिगाहपुर,गरुडा नगरपालिकाको शिवनगर,गरुडा सुकदेव चौक लगातका सडकमा खुलेयाम सडकमै टेबुल राखेर कुखुरा खसी काटेर मासु बिक्री गरिरहेको हुन्छ । उपभोक्ता हक हित संरक्षण मंचले यसको विरोध जनाउदै आएपछि स्थानिय तहको वेवास्ताका कारण उनिहरु निर्वाध रुपमा धुलाम्मे सडकमा मासु बेच्ने गरेका छन । पछिल्ले समय चोक बजारो सडक छेउमा टेबुल राखेर कुखुरा खसी लगायतका पशुजन्यको मासु बिक्री गर्न थालेका हुन ।

धुलो र झिगाले मासु ढाएिको पनि पसलले बिक्री गर्न छाडदैनन । यस्तो मासु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुले बताउदै आएपछि अहिले अस्वस्थ्यकर मासु उपभोक्ताहरुले खाने वाध्य रहेको स्थानियवासीहरु बताउछन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH