महेन्द्र नगर बम काण्डका आरोपी पक्राउ

March 2, 2020


धनुषााको महेन्द्र नगरमा तिन जनाको ज्यान जाने गरि भएको बम विष्फोटका अभियुक्त मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो बम विष्फोटको घटना विप्लव नेतृत्वको माओवादीको योजनामा घटाइएको जनापछि प्रहरीले विप्लवका कार्यकर्ताहरुलाई पक्रा उगर्न थालेको छ ।

प्रहरीले सो घटनामा संग्लन रहेको भन्दै विप्लवका शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष गौरी नारायण मण्डललाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–३ बस्ने ५० वर्षीय गौरी नारायण मण्डललाई पक्राउ गरेको हो ।मण्डल विप्लव समूहको शिक्षक संघका केन्द्रीय उपाध्यक्ष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिएका छन् ।
मण्डललाई धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ सखुवनी खोला नजिकबाट प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक यादवले बताए । यसअघि शिक्षक पेशमा आवद्ध मण्डल हाल अवकाश पाइसकेको उनले जानकारी दिए ।
प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा मण्डलको संलग्नता देखिएपछि प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो । मण्डलबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महेन्द्रनगर बम विस्फोटको घटनामा प्रहरीले हालसम्म आधा दर्जनभन्दा बढीलाई पक्राउ गरिसेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH