पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गंगा आरती

February 28, 2020


जनकपुरको गंगा सागरमा सुरु गरिएको गंगा आरती पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ। पाँच वर्षअघि ‘सेभ द हिस्टोरिकल जनकपुर’को पहलमा सुरु भएको महागंगा आरती लोकप्रिय बन्दै गएको छ ।जनकपुरमा आउने पर्यटकहरु साझ पख जसरीपनि गंगा आरतीमा सहभागिता जनाउने चाहना हुन्छ । गंगा आरतीय एक प्रकारले नयां पर्यटक स्थलको रुपमा विकास भएको छ। जनकपुरमा आउने गरिएको भीआईपीहरु समे गंगा आरतीयमा सहभागिता जनाउने गरेका छन । यसले गंगा आरतीको आकर्षण समेत बढेको छ ।
पछिल्लो समय जनकपुर पुग्ने भिआइपी पाहुनाको मुख्य आकर्षण बनेको छ, यो आरती । गृहनगर आएका वेला पूर्वराष्ट्रपति डा. रामवरण यादव पनि साँझ महागंगा आरतीमा सहभागी हुन छुटाउँदैनन । जनकपुरमा वास परेका वेला अन्य शीर्ष नेताहरू पनि आरतीस्थलमा पुगेर केही समय बिताउँछन। ०७१ सालको दशहरादेखि मुलुकमै पहिलोपटक गंगासागर तटमा आरती गर्न थालिएको हो । त्यसअघिसम्म भारत वनारसको गंगा नदी तटमा मात्र यस्तो आरती हुने गथ्र्यो ।
महागंगा आरतीमा एकसाथ गंगा, जानकी र भगवान् शिवको आराधना हुन्छ । ‘त्यसैले यसको बेग्लै महत्व छ,’ जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास भन्छन । त्रेतायुगमा तत्काल मिथिलाका राजा देह मृत्यु भएपछि शरिरलाई यसै स्थानमा मन्थन गरिएको थियो । जसबाट सुन्दर एक राजाको जन्म भएको र मिथि नाम गरिएको ती राजाको नामबाट नै मिथिलाको सुरुवात भएको छ। यसले गंगा सातर पोखरी केवल एक धार्मिक पोखरी मात्रै नभएर सभ्यता र संस्कृतिको थलोको रुपमा समेत रहेको छ । ‘सेभ द हिस्टोरिकल जनकपुर’का अध्यक्ष तथा प्रदेश सांसद रामआशिष यादवका अनुसार वनारसको आरतीबाट प्रभावित भएर गंगासागरमा पनि त्यस्तै आरती सुरु गरिएको हो ।वनारसबाटै पण्डितहरू झिकाएर यसको सुरुवात गरिएको थियो । उनीहरूले जनकपुरकै सात युवालाई तालिम दिए । र, अहिले तिनै युवाले आरती सञ्चालन गर्छन । ‘जलको संरक्षण र प्रकृतिको पूजा नै महागंगा आरतीको विशेषता हो,’ सांसद यादव भन्छन, ‘त्यसैले जलकी देवी गंगा र जमिनकी देवी जानकीको एकसाथ पूजा हुन्छ, यस आरतीमा ।’
साँझपख करिब डेढ घन्टा गंगासागर तटको रौनक फरक हुन्छ । तीनजना पण्डितले धार्मिक धुनका साथ आरती गर्ने गर्छन । त्यसक्रममा आरतीको थाली आराध्यसमक्ष विशेष विधिपूर्वक घुमाइन्छ । आरतीको टुकीमा घ्यू वा तेलको दियो राखिएको हुन्छ । उक्त टुकीमा कपुर पनि मिश्रण गर्ने गरिन्छ । आरतीका साथमा भजन र नृत्य पनि हुने गर्छ । आरती सुरु हुनु एक घन्टाअघिदेखि भक्तजनको भीड एकत्रित भएको हुन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH