नक्कली लाइसेन्स बनाउने रुवी मिश्र पक्राउ

February 27, 2020


धनुषामा नक्कली लाइसेन्स बनाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. ९ वस्ने रुवी मिश्रको छोरा चन्दन मिश्रले जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. १२ वस्ने हरी नारायण भन्ने कृष्ण देव कुशवाहा संग रू पाँच हजार लिई नक्कली सवारी चालक अनुमती पत्र बनाएर दिएकोमा मिति २०७६।१०।२९ गते १५स्०० बजेको समयमा मोटर साईकल चलाई रहेको अवस्थामा पक्राउ परेकोमा निजले वयान दिंदा ४ वटा गाउँको मानिसको लाईसेन्स बनाउन रू साठ्ठी हजार रुवी मिश्राले लिएको भनी बताएकोमा अनुसन्धानको क्रममा निज रुवी मिश्रलाई पक्राउ गरिएको छ। मिश्रलाई धनुषा जिल्ला अदालतमा पेश गरी हिरासतमा राख्न दिन ४ को अनुमती लिई हिरासतमा राखि आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ। निज रुवी मिश्रको विरुद्धमा अन्य उजुरी समेत आउने क्रम जारि रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH