प्रदेश प्रहरी भर्नाको तयारी थाल्यो

February 26, 2020

प्रदेश नम्बर २ सरकारले प्रदेश प्रहरी ऐन पारित गरेपछि दवावमा रहेको प्रदेश सरकारले संघीय कानुन आएसंगै प्रदेश प्रहरी भर्नाको तयारी थालेको छ। प्रदेश सरकारले प्रदेश प्रहरी ऐन निर्माण गरेपछि चौतर्फि आलोचना हुन थालेको छ। तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाले प्रदेश सरकारलेलाई ओभरटेक नगर्न चेतावनी नै देखिएको थियो । समाजवादी पार्टी समेत संघीय सरकारमा सहभागि रहेको अवस्थामा प्रदेश नम्बर २ सरकार दवावमा आएपछि ऐन निर्माण गरेपनि भर्ना कार्य भने रोकेको थियो । अहिले प्रदेश प्रहरी गठन सम्बन्धी आवश्यक संघीय कानुन निर्माण भएसंगै प्रदेश सरकार प्रहरी भर्नाको थाल्नी गरेको छ। भर्नाको लागि आवश्यक पर्ने विनियमावली र निर्देशिका तयारीमा प्रश नम्बर २का आन्तरिक मामिला तथा कानुन मन्त्रालय जुटेको छ। प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले विनियमावली र निर्देशिकालाई अन्तिम टुगो लगाउने कार्य भईरहेको जानकारी दिनुभयो ।
प्रदेश प्रहरी गठनका लागि चाहिने आवश्यक संघीय कानुन माघ २८ गतेमा आईसकेको छ। प्रदेशको शान्ति सुरक्षाको जिम्म प्रदेश प्रहरीलाई रहेको छ। अहिले तत्कालको लागि प्रदेशलाई चाहिने प्रहरीको व्यवस्था समायोजन मार्फत गरिने र बांकीको काम पदपुर्तिको माध्यमले गरिने भएको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले समायेजन कार्यलाई प्राथमिकता दिएर काम अगाडि बढाइने जानकारी दिनुभयो । प्रदेशका लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले परिक्षाको लागि आवश्यक पर्ने पाठक्रम तथा अन्य विविध कार्यहरुलाई अन्तिम रुप दिनमा जुटेको जानकारी दिनुभयो । यादवले परिक्षा र तालिम लगायतको पाठक्रम निर्माणमा जुटेको जानकारी दिनुभयो । यता प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्कीले प्रहरी भर्ना र तालिमको विषयमा आयोगले अनौपचारिक छलफल गरेको जानकारी दिनुभयो ।
समायोजनाको तयारी तिव्र
प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको कानुनी व्यवस्था अनुसार अहिले प्रदेशमा प्रहरी समायोजनको कार्यको सुरुवात गरिएको छ। प्रहरीलाई संघ र प्रदेशमा समायेजन गर्न बनेको विधेकमा राष्टपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेसंगै समायेजन प्रक्रिया सुरु भएको छ। मंगलवार मात्रै गृहमन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा समायेजन समितिको पहिलो बैठक बसेको छ। संगठन ं संरचना र दरवबन्दी कायम गर्न बसेको बैठकमा प्रहरी महानिरिक्षक,प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव,अर्थमन्त्रालयका सहसचिव,कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव , प्रदेश मन्त्रालयका सचिव र मन्त्रालयको कर्मचारी प्रशासन गर्ने सहसचिव सहभागि थिए । प्रदेशले दरबन्दी टिकान गरेपछि र यसको लागि चाहिने आवश्य कार्यको प्रतिवेदन तयार भएपछि मात्रै सहयोजनको कार्यलाई मुर्तरुप दिइने भएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH