पर्यटकहरुको आकर्षक गन्तव्य मिथिला सागर

February 25, 2020

सरकार भ्रमण वर्षको सुरुवात गरेपछि अहिले पर्यटकहरुको चलहपहल समेत बढन थालेको छ । विभिन्न एतिहासिक स्थलमा अहिले पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ भने नयां नयां पर्यटकीय स्थलहरुको समेत खोज र निर्माण हुन थालेको छ । धनुषाको मिथिला नगरपालिका ७ पोखरियामा रहेको मिथिला सागर अहिले पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । अहिले यहा आउने पर्यटकहरुको संख्यामा अत्याधिक वृद्धि भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवर चोबकबाट तिन किलोमिटर उत्तर लागेपछि पुग्न सकिन्छ पोखरीया भन्ने स्थानमा । चोरै तिर सालको घना जंगल छ । अनि उत्तरतिर रमणीय चुरिया पहाड।त्यसको कांखमा अवस्थीत छ मिथिला सागर । तालमा सगर गर्ने अहिले पर्यटकहरुको घुइचो लागने गरेको छ। वनभोज खाने र तालमा सयर गर्नेहरुको संख्यामा समेत वृद्धि भएको छ। अहिले यस ठाउमा दिनप्रतिदिन पर्यटकहरु आउन थालेपछि यस ठाउको निकै आकर्षणको केन्द्र बनेको छ । केमलीपुर र पोखरीया दमार सामुदायिक वनकाृ सिमानामा सात विघा क्षेत्रफलमा फैलिएको छ। सागरको बीच भागमा उत्तरेश्वर महादेव मन्दिरले तालको महत्व बढाएको छ। सो तालको किनारमा लगाइएको विभिन्न प्रजातीहरुको फूलले समेत पर्यटकहरुलाई यहा तान्ने गरेको छ । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले एक वर्ष अहिले डिपीआर बनाएर काम सुरु गरेको बताउनुभयो । उहाले भौतिक पुर्वाधारमा ११ करोड बजेट खर्चिएको बताउनुभयो । महतोले यस स्थानलाई प्रदेश २कै नामुना पर्यटकीय स्थल बनाउने आफुहरुको सोच रहेको बताउनुभयो ।
चुरे ताल निर्माण पछि चुरे संरक्ष्णमा सहयोग पुगेको छ ।मेयर महतोले यस स्थलको थप आकर्षण बनाउनको लागि सहरी विकास मन्त्रालयमा मिथिला सागरको डिपीआर पेस समेत गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH