ठोरी गाउँपालिकामा सामुदायिक भवनको शिलान्यास

February 19, 2020

लालबाबु बानिया
पोखरिया,७ फागुन। पर्साको ठोरी गाउँपालिका मा निर्माण हुन लागेको सामुदायिक भवन को शिलान्यास कार्यक्रम समपन भएको छ। गाउँपालिका कार्यालय घ्याङडाडा मा निर्माण हुन लागेको सामुदायिक भवन को अाज एक कार्यक्रम का बिच बिधवत रुपमा पुजापाठय गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ पिएल ले शिलान्यास गर्नु भएको थियोे ।

तराई बिकास समृद्धि कार्यक्रम अन्तर्गत को सहयोगमा निर्माण हुन लागे को ६ कोठे पकी सामुदायिक भवन को शिलान्यास गर्नुभएको थियोे । सामुदायिक भवन ४४ लाख को लागत मा निर्माण हुन गईरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठ ले जनाएका छन।

सामुदायिक भवन निर्माण को लागि उपभोक्ता समिति मार्फत गरिने र यो अार्थिक वर्षमा निर्माण कार्य समपन्न हुने अध्यक्ष श्रेष्ठले जनाएका छन।सामुदायिक भवन शिलान्यास कार्यक्रम मा प्रमुख प्रसासकिय अधिकृत धर्मराज थापा, वाडअधयक्ष बाईबहादुर पाख्रिन,उपभोक्ता समिति अध्यक्ष कान्छा तामाङ , ईन्जिनियर रौनियार,बिधालय का प्रअ सुजन ढुगेल, गाउँपालिका स्वास्थ्य संयोजक रमेश थिंङ,नेकपा का युवा नेता नाती काजी सुनुवार, निमा लामा,लगायत को सहभागीता रहेको थियोे।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH