निशुल्क चर्म रोग (छाला) सम्बन्धी शिविरमा दुई जना कुस्टरोगी फेला

February 19, 2020

लालबाबु बानियाँ

पोखरिया,७ फागुन। पर्साको जगरनाथपुर गाउँपालिकाको वार्ड नं ५ मा रहेको श्री नेपाल रास्ट्रिय अधारभुत बिधालय जगरनाथपुर मा अाज चर्मरोग (छाला) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । जगरनाथपुर गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा भएको शिविरमा ३ सय ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको र सो मध्य २ जना कुष्ठरोगी फेला परेको स्वास्थ्य अधिकृत प्रभेन्द्र साह ले जानकारी गराएका छन।
शिविरमा चर्मरोग बिषेशज्ञय डाक्टर श्रवण कुमार साह, नेतृत्वको चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा चेकजांच गारउने मध्ये दुई जना मा कुष्टरोगी भेटेको छ। निशुल्क चर्मरोग छाला शिबिर मा चेकजाच गराउने रोगी हरु लाई अौषधी समेत बितरण गरेको थियोे । निशुल्क चर्मरोग छाला शिबिर कार्यक्रम मा गाउँपालिका अध्यक्ष जालिम मियाँ ले एक जना अपांग लाई ड्राईसाईकल हुलचेयर र चार जना लाई बैशाखी बितरण गर्नु भएको थियोे ।

चर्मरोग शिबिर मा गाउँपालिका उपाध्यक्ष बिसमिला खातुन, वाडअधयक्ष मंगरु राउत,प्रभु राउत कुर्मी, नगिना राउत अहिर,प्रभु प्रसाद नुनिया,बिहारी महतो नुनिया,अयोध्या पटेल, समाजबादी का युवा नेता सरिफ गदी, स्वास्थ्य चौकी जगरनाथपुर का प्रमुख देबेन्द्र साह लगायत को उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH