महाराजगंजको छैठौं नगर सभा सकियो, शिक्षा ऐन पारित

February 19, 2020

महराजगंज , कपिलवस्तु। महाराजगंज नगरपालिकाको छैठौं नगर सम्पन्न भएको छ । कृषि उद्योग रोजगार र पुर्वाधार, सुशासन र विकास महाराजंगजको आधार भन्ने मुल नारा सहित छैठौ नगर सभा सम्पन्न भएको छ ।

नगर सभामा नगर नगर सभाअध्यक्ष तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । उहाँका अनुसार सडक, शिक्षा स्वास्थ, खानेपानी, सिचाइ कुलो, कृषि, पर्यटनलाई प्राथमिकताका साथ नगरपालिका आगाडी बढेको छ ।

महाराजगंज नगरपालिकाको छैठौं नगर सभाले शिक्षा ऐन पारित गरेको छ । साथै उक्त नगरसभाले आर्थिक ऐन र विनियोजन विद्येयश संशोधन गरेको छ ।

नगरपालिकाले नगरको समृद्धीको लागि विशेष योजनाका साथ काम गरिरहेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । महाराजगंज नगरपालिकाको चालू आ व को प्रगती विवरण प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले प्रस्तुत गर्नु भएको थियो ।

स्थानीय सरकारका कामहरु प्रभावकारी वनाउन सवै जनप्रतीनिधी जोडिएकाले पारदर्शी भएर काम गर्नु पर्ने खरेलले वताउनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH