कपिलवस्तुमा १५ क्युन्टल केराउको दाल बरामद

February 19, 2020

विजयनगर, कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा १५ क्युन्टल केराउको दाल बरामद गरिएको छ । विजयनगरको मधनगर हुँदै भारततर्फ अवैद्य रुपमा तस्करहरुले चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा गत राती १० बजेतिर १५ क्युन्टल केराउको दाल बरामद गरिएको हो ।

उक्त केराउको दाल नेपाल भारत सिमानाको सय मिटर उत्तर नेपालमा ईलाका प्रहरी कार्यालय गाणेशपुरका प्रहरी निरिक्षक मधु नेपालको कमाण्डमा खटिएको गस्ती टोलीले बरामद गरेको हो । प्रहरी टोलीलाई देखेपछि तस्करको समुह भारत तर्फ भागेका थिए ।

१५ क्युन्टल केराउको दालको मुल्य अहिले बजारमा १ लाख बराबर रहेको छ । बरामद भएको दाल आजै भन्सार कार्यालय कृष्णनगरलाई पठाउने प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH