छिपहरमाई गाउँपालिका को वडा नं २ समभौता मा अाज नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

February 18, 2020

पोखरिया,६ फागुन। पर्साका छिपहरमाई गाउँपालिकाको वडा नं २ समभौता को टिहुकी मा अाज नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

माट्रिका अाई फाउन्डेसन बिरगंज को प्राबिधिक सहजिकर्न र नेपाल मुस्लिम उथान संघ को अायोजनामा भएको नि:शुल्क अाँखा शिविरमा ३ सय जनाले आँखा चेकजाँच गराएका छन
जस मध्ये १सय ३८ जनामा मोतिया बिंद फेला परेको आयोजक संस्थाले जनाएका छन । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतिया बिंद फेला परेकाहरुको निःशुल्क सल्यक्रिया समेत गरिने अायोजक संस्था ले जनाए का छन । नि:शुल्क अाँखा शिबिर वार्ड नं २ का अध्यक्ष महेन्द्र कलवार को अध्यक्षतामा समपन्न भएको थियोे ।

नि:शुल्क अाँखा शिबिरमा नेपाल मुस्लिम उत्थान संघ का अध्यक्ष सुभन मियाँ ,फरयाद मियाँ ,अफरोज मियाँ ,अबदुल मियाँ ,रामजी साह कलवार,जुमन मियाँ लगायत को उपस्थित रहेको थियो ।नि:शुल्क अाँखा शिबिरमा माट्रिका अाई फाउन्डेसन का डाक्टर सुरत चौधरी,राजेश चौधरी,अन्जना घिमरे,अर्जुन कुमार लगायतकाले आँखा परिक्षण गरेका थिए।
शिबिरमा मोतियाबिन्द रोगीहरु लाई १८ गते नि:शुल्क सलक्रिया गराउन अायोजक संस्थाले जनाएका छन

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH