मनकामना माध्यमिक विद्यालयको २१ औं बार्षिकाेत्सव धुमधामको साथ सम्पन्न

February 18, 2020

अजित भुजेल
बिरगंज,६ फागुन। बिरगंज महानगरपालिका वडा न.४ मा रहेको मनकामना माध्यमिक विद्यालय २० बर्ष पुरा गरि २१ औं बर्षमा प्रवेश गरेको छ ।मनकामना माबीको स्थापना बि.स. २०५५ फागुन ६ गते भएको थियो ।

मोफसलको धरातल नै भए पनि अनेकौ बाधा व्यवधान पार गर्दै शिक्षा बिकास र बिस्तारको क्षेत्रमा २० बर्ष देखि अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको मनकामना माबीको २१ औं स्थापना दिवशको उपलक्षयमा बार्षिक पारिताेषिक बितरण तथा सास्कुतिक कार्यक्रमको आयोजना गरि धुमधामका साथ मनाएको थियो ।मनकामना माबीका प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा र प्रदेश न.२ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्य सो कार्यक्रम सम्पन्न भएको थियो ।

बिरगंजको परम्परा पार्टी प्यालेसमा मंगलवार भएको बार्षिकोत्सवमा बिशिस्ट अतिथिमा राजपा पर्साका अध्यक्ष एवं मनकामना माबीका संरक्षण राजेशमान सिंह , शिक्षा बिद एवं बिसिसी क्याम्पसका प्रिन्सपल सुशील भट्टराई , प्याप्सन पर्साका अध्यक्ष डा. हरिशन्कर साह , बिरगंज वडा न. ४ का वडा अध्यक्ष जगत प्रसाद साह कानु , वडा न.३ का वडा अध्यक्ष बैजु स्वर्णकार , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरु , प्याप्सनका केन्द्रिय सदस्य प्रकाश उपाध्याय , एन प्याप्सन प्रदेश न.२ सचिव नन्दन यादव , प्याप्सन प्रदेश न.२ का सहकाेषाध्यक्ष ईमामुदिन अहमद , नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज ) प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार भुजेल , अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्की , प्याप्सन पर्साका कोषाध्यक्ष साउथ जोन माबी सरोज चौधरी , एन्जल माबीका राम श्रेष्ठ , न्यु वोभ माबीका सुभाष प्रधान , नेपाल टेलीभिजनका नेहाल खान , अन्कुस दैनिकका संतोषमान रन्जितकार , सुनिल श्रेष्ठ लगायत विद्यार्थीहरु , अभिभावकहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।स्कुलले सो कार्यक्रम विभिन्न नृत्य , नाटक , कवालीहरु प्रस्तुत गरेका थिए ।

त्यसै गरि बार्षिकोत्सवको अवसरमा मनकामना माबीमा २०७५ सालमा एलकेजि देखि १० कक्षा सम्ममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमुख अतिथिले पुरस्कार बितरण गर्नु भएको थियो ।कार्यक्रम सन्चालन बलराम श्रेष्ठले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH