,चालक सुरक्षाको लागि हेल्मेट ठोरी गापा मा अनिवार्ज हेल्मेट नभए कार्वाही हुने ,अध्यक्ष श्रेष्ठ

February 18, 2020

लालबाबु बानिया
ठोरी ६ फागुन। शान्ति सुरक्षा समबन्धी बैठक अाज पर्साको ठोरी गाउँपालिका मा समपन भएको छ।ठोरी गाउँपालिका मा शान्तिसुरक्षा लाई बलियो बनाउन स्थानिय प्रहरी र जनप्रतिनिधि हरु बिच भएको बैठक मा गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ पिएल ले भने गाउँपालिका मा मोटरसाइकल लिएर अाउने जाने जो कोही लाई पनि हेल्मेट अनुवार्ज गर्नु पर्छ। यो नियम गाउँपालिका को लागि होईन ,मोटरसाइकल चालक को सुरक्षा को लगी मात्र हो।

मोटरसाइकल चालक हरु ले अनुवार्ज रुपमा हेल्मेट लगाएर गाउँपालिका मा अाउन अध्यक्ष श्रेष्ठले अाग्रह गरे यदी नियम को पालन नगर्ने मोटरसाइकल चालक लाई कार्वाही हुने बताए ।

अाफ्नो सुरक्षा र अरु को सुरक्षा गर्न हेल्मेट अनुवार्ज रहेको बताए ।ठोरी गाउँपालिका को जनता हरु लाई शान्तिसुरक्षा को अनुभूति दिलाउन को लागि बिभिन चौक चौक र अन्य ठाउँ हरुमा सिसि केमरा जडान गरिने अध्यक्ष श्रेष्ठ ले बताए ।

ठाउँ ठाउँ मा सिसि केमरा जडान गरिएमा शान्ति सुरक्षा मा धेरै सहयोग पुगने बताए ।खुला सिमाना भएको कारण अपराधिक गतिबिधी रोकन मा समेत सहयोग पुगने बताए । स्थानिय प्रहरी प्रसाशन लाई शान्ति सुरक्षा को लागि रात्री गस्ती मा जोड दिनुभएको थियोे ।

गाउँपालिका मा रात्री सुरक्षा फितलो भएको कारण समस्या देखिएको ले अब देखि यस्ता समस्या नहोस भन्दै शान्ति सुरक्षा मा कडाइ गरिएको अध्यक्ष श्रेष्ठले बताए । ठोरी गाउँपालिका को शान्तिसुरक्षा को लागी अाफु जुनसुकै कदम चालन त्यार रहेको बताए । शान्ति सुरक्षा को लागि स्थानिय प्रहरी प्रसासन हरु संग सहकार्य गरि चलने अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिका स्तरिय शान्ति सुरक्षा समबन्धी बैठक ठोरी गाउँपालिका को कार्यालय घ्घङडाडा को सभा हल मा समपन भएको थियोे ।बैठक मा गाउँपालिका उपाध्यक्ष शान्ति माया थिन्ङ ले भनिन जनता हरु को शान्ति सुरक्षा मा प्रहरी प्रसाशन ले मात्र गरेर हुँदै जनता हरु को पनी सहयोग रहेको बताईन। शान्ति सुरक्षा मा हामी सबै को सहकार्यको जरुरी रहेको बताईन।

प्रमुख प्रसाशकिय अधिकृत धर्मराज थापा, वाडअधयक्ष सुर्य लामा, किसोर तामाङ बहिबहादुर , राम बहादुर पाख्रिन, प्रहरी प्रतिनिधि , असोक कुमार साह, रंजन् सिंह, लगायत गाउँपालिका अन्तर्गत रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी का प्रतिनिधि हरु को सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH