कालिकामाई गापा मा बिर्धाथी हरुले गरे अन्दोलन १६ विद्यार्थी प्रहरी नियन्त्रण पछी रिहा

February 17, 2020

राजन कुमार बानिया
पोखरिया,५ फागुन। पर्साको कालिकामाई गाउँपालिका हरिहरपुर बिर्ता मा अाज बिधार्थी हरु अन्दोलनमा उतरे पछी १६ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियोे।

कालिकामाई गाउँपालिका वडा नं २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयका आन्दोलित विद्यार्थीहरु मध्ये १६ जनलाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएर साझ अबिभावक को जिमा लगाएको प्रहरी ले जनाएका छन।

प्रहरीले विद्यालयमा अध्ययनरत प्रिन्स चौरसिया,रबि कुशवाहा, राज खान, असिन खान,कक्षा ८ का ईरसाद खान, रितेश शर्म, विकेश चौरसिया, निरन्जन कुमार, मुनिलाल कुमार, विकास चौरसिया नगिना कुमार, राधेश्याम कुमार सरुजम अालम, श्रवण कुमार पटेल, विकेश कुशवाहा, लाई प्रहरीले नियन्त्रणमा लिएको थियोे ।

नेपालमा एईसी परीक्षा नजदिक अाएको ले पठन पाठन मा समस्या भएपछी गाउँपालिका अध्यक्ष नथुनी कुशवाहा ,उपाध्यक्ष राजेश चौरसिया र गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत राजु साह र कार्यपालिका सदस्य संग बारम बार बिधालयमा शिक्षक अभाव भएको जानकारी दिएपनी जनप्रतिनिधि र प्रमुख प्रसासकिय अधिकृत ले कुनै वासता नगरेको ले एईसी परीक्षा नजदिक अाउदै गरेपनी शिक्षक अभाव का कारण पढाई प्रभावित भए पछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलित विद्यार्थीहरुले विद्यालय र वडा कार्यालय भेडिहारीमा विहान ११ बजे तालाबन्दी गरेका थिए । पछि वडा कार्यालयको ताला फोडेर खोलिएपछि विद्यार्थीहरु गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका थिए ।

हरिहरपुर पुगेका विद्यार्थीहरुले गाउँपालिका कार्यपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा विद्यार्थी र गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र केही स्थानिय विच झडप हुन पुग्यो ।
विद्यार्थीहरु गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा रोकन खोजिए पछि समान्य झडप र तनाव भएको प्रत्यक्षदर्शीहरुले बताए ।

सोही क्रममा कुनै एक जनाले ढुंगा हानेपछि गाउँपालिका कार्यालयको एउटा मोनिटर फुटे पछि सोही निहुलाई लिएर गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुले केही विद्यार्थीहरुलाई हातपात गर्नुको साथै नियन्त्रणमा लिएका थिए ।

प्रहरीले ति विद्यार्थीहरुलाई आफ्नो नियन्त्रण लिई इलाका प्रहरी कार्यालय पोखरियामा लगेपछि सयौंको संख्यामा रहेको आन्दोलित विद्यार्थीहरु पनि प्रहरी कार्यालय पोखरिया पुगे ।
पोखरिया पुगेका विद्यार्थीहरु प्रकाउ परेका साथीहरु छोडन माग गर्दै प्रहरी कार्यालय अगाडी प्रदर्शन र धर्ना दिई रहेका थियोे ।

उनीहरुको साथै पक्राउ परेका विद्यार्थीहरुलाई छोडाउन उनिहरुको अभिभावहरु समेत प्रहरी कार्यालय पोखरिया पुगेको थियोे । तर सो गाउँपालिकाका जनप्रतिनिधिहरु पक्राउ परेका विद्यार्थीहरु माथी कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका छन् ।

विद्यालयको समस्या समाधान गर्नुको सट्टा उल्टै कारवाहीको माग गर्दै जनप्रतिनिधिहरुलाई जिप्रका पर्सा पुगे पछि विवाद समाधान हुन नसकेको थियोे ।पछी नेपाल शिक्षक महासंघ को टोली ईलाका प्रहरी कार्यालय पोखरिया मा पुगी पक्राउ परेका बिधार्थी हरु लाई अबिभावक हरु को जिमा लगाएको प्रहरी निरिक्षक चन्द्र सिंह ले जनाए का छन।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH