एक महिलाको सामूहिक बलात्कार, दुईजना पक्राउ

February 17, 2020

जनकपुर,५ फागुन। जनकपुरको विश्वकर्मा चोकमा रहेको घरमा एक महिलाको सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाका अनुसार जनकपुरधाम उपमहानगरपालिका डेरामा बस्दै आएकी ४० वर्षीया महिलाको बलात्कार भएको हो ।

बलात्कारको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक झाले जानकारी दिए । पक्राउ पर्नेमा महोत्तरी औरहीका २५ वर्षीय नरेश महतो र भारत मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र साह रहेका छन् ।

पीडित महिला र पक्राउ परेका दुवैजनाको मेडिकल जाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।प्रहरीका अनुसार महिलालाई कुनै बहानामा घरमा बोलाइ आरोपीहरुले सामूहिक बलात्कार गरेका थिए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।बलात्कारमा संलग्न अन्यको खोजि भइरहेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH