सन्तावन्न युवा क्लबको आयोजनामा निःशुल्क आँखा जाँच शिविर इनरुवामा सम्पन्न

February 16, 2020

इनरुवा,४ फागुन। सन्तावन्न युवा क्लब इनरुवाको आयोजनामा निःशुल्क आँखा जाँच शिविर जिल्ला अस्पताल इनरुवामा सम्पन्न भएको छ।

आँखा तथा कान उपचार केन्द्रमा युवा क्लबको निःशूल्क आँखा जाँच शिबिर शनिबार सम्पन्न भएको हो। उक्त शिबिरमा २ सय १७ जना आँखाका बिरामीहरुले आँखा जाँच गराएको क्लबका सचिव सत्य यादवले जानकारी दिएको हो। जसमध्ये ४७ जना आँखाका बिरामीहरुमा मोतियाबिन्दु देखा परेको हो।

यादवका अनुसार मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रियामा लाग्ने सम्पुर्ण खर्च सन्तावन्न युवा क्लब दिने भएको छ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH