जिराभवानी गाउँपालिकामा लागिरहेको मेलाको नाम मा प्रहरीको सहयोगमा तस्करी

February 16, 2020

राजन बानिया
मेघराज पोखरिया,४ फागुन। आउदो फाल्गुन ९ गते शिवरात्री को दिनदेखी लाग्ने एक हप्ते जिराभवानी मेला को नाम मा ठूलो मात्रामा तस्करी भैरहेको छ ।

पर्साको जिराभवानी गाउ पालिका वार्ड नम्बर १ र २ को दोसाद मा लाग्ने जिराभवानी मेला शिवरात्रि को दिनदेखि एक हप्ता मेला लाग्ने गरेको छ मेलाको नाम मा व्यापारी हरुले पर्साको जानकी टोला पाण्डे पुर महादेव पटि नाकाबाट कपडा भाडाकुडा ,कस्मेटिक समान र फलफूल चिनी जस्ता समान हरु ट्रेक्टर ट्रक मा बिना भन्सार स्थानीय प्रहरी को मिलोमतो मा भन्सार छली गरि ल्याउने गरेका छन जसका कारण लाखौ रुपैया को राजस्व समेत चुहावट हुने गरेको स्थानीय ले बताएका छन

तर पर्साका प्रहरी उपरीक्षक दुर्गा पन्तले भने अबैध रुपमा भन्सार छली गरि मेलाको नाममा समान हरु भित्रीयाउन नपाउने भन्दै आफुले तत्कालै त्यस क्षेत्र का चौकि इन्चार्ज हरुको बारेमा अनुसन्धान गरि दोसि भेटिए प्रहरी लाई कार्वाही गर्ने प्रतिबद्धता जनाउनु भयो।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH