प्रदेश २ को नाम मधेश प्रदेश हुने मुख्यमन्त्रि राउतको धारणा

February 15, 2020

बिबेक बानिया
धनुषा,३ फागुन। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ हुने मुख्यमन्त्रि लालवावु राउतले दावि गरेका छन् । प्रदेश २ सरकार गठन भएको २ वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्रि कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्रि राउतले प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने विषयमा दलहरुविच एक चरणको सहमति भई सकेको बताए ।

उनले भने अहिले प्रदेशको नामबारेमा दलहरुविच छलफल भई रहेको भएपनि नाम भने मधेश प्रदेश नै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । मुख्यमन्त्रि राउतले विकास निमार्णको क्रममा हामी फरक छौं तर संघियता कार्यान्वयनको सवालमा सत्तासाक्षेदार दलहरुविच ठोस प्रतिवद्र्धता रहेको बताएका छन् ।

उनले भने प्रदेश सरकार परिवर्तन हुने बारेमा व्यापक हल्ला चलेको छ तर यो बाहिर भई रहेको हल्लामा सत्यता नरहेको बताउँदै यो सरकार नै ५ वर्षसम्म चल्ने दावि गरेका छन् । उनले भने राजपाको साथ र सहयोगमा सरकार ५ वर्षसम्म चल्ने बताएका थिए । संघियतालाई कमजोर गर्ने शक्तिहरु सक्रिय रहेको बताउँदै उनले भने त्यसैले राजपा नेपालका नेताहरु यस विषयमा सचेत रहेको बताएका थिए ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्रि राउतले प्रदेश २ सरकार गठन भएको २ वर्षमा सरकारले गरेको काम कारवाहीबाट आफु सन्तुष्ट रहेको बताएका छन् । सरकारले गर्नुपर्ने धेरै काममा समस्या छ, कर्मचारी अभावका विच जे जति कार्यसम्पादन भएको छ, त्यो आफुहरुलाई निकै सन्तुष्टि भएको बताउँदै बाँकी ३ वर्षमा आफुहरुले समृद्ध प्रदेश बनाउने योजनाहरु ल्याउन लागेको बताएका थिए ।

प्रदेश २ सरकारबाट गत आर्थिक वर्षमा उपभोक्ता समितीको बाँकी रकम चाँडै निकासा गरिने बताएका छन् । मुख्यमन्त्रि राउतले कर्मचारी अभाव,संघिय सरकाबाट अपेक्षा गरिए अनुसारको सहकार्यको अभाव, प्रदेश सरकार संचालनको नयाँ अनुभव, नीतिगत कमजोरीलगायतका कारणले गर्दा विभिन्न संस्था,समिति तथा निकायबाट सम्पन्न भएका कामको भुक्तानी गर्नमा केही ढिलाई भएको बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH