कालिका बानीया निर्माण सेवाको काम तीब्रगतीमा हुलाकी राजमार्गको कालोपत्रे धमाधम,हुँदै

February 12, 2020

मेघराज राय/जीराभवानी,२९ माघ। राष्ट्रिय गौरवको आयोजनामा राखिएको हुलाकी राजमार्गअन्तर्गत पर्साको जीराभवानी १को चमरी देखि –ठोरीखण्डमा धमाधम कालोपत्रे भइरहेको छ ।अहिले चमरी होलदेखि बिजयबस्ती सम्मको ४१किलोमीटरसम्मको खण्डअन्तर्गत १३ किलोमीटरमा पीच भइरहेको छ ।

सो खसडकअन्तर्गत ४० प्रतिशत भौतिक प्रगति भएको हुलाकी सडकले बताएको छ । पर्साको जीराभवनी १ चमरी होलदेखि पर्साको ठोरीसम्मको ४१किलोमीटर सडक स्तरोन्नतिको ठेक्का कालीका बानिया जेभीलाई दिएको छ ।

भारतको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको सडक ३० मीटर फराकिलो हुनुपर्ने सम्झौैतामा उल्लेख छ । हुलाकीमार्गमा ७ मीटर कालोपत्रे, ३ मीटर फुटपाथ र २ मीटर नाला निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

यो खण्डको लगभग २५किलोमीटर सडकको कालोपत्रे बैशाख सम्म पूरा हुने हुलाकी आयोजनाका बानिया निर्माण सेवाका ईन्जिनियर बिक्रम ज्ञवालीले बताउनु भो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH