सशस्त्र प्रहरी भिस्वा द्वारा लागु औषध चरेश बरामद

February 12, 2020

राजन कुमार बानिया/भिस्वा,२९ माघ। सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वा बंजारीले पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वार्ड नं १ भलुवहिया बाट गयराती लागु अौषध चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा ,बंजारीको सशस्त्र प्रहरी नायब निरिक्षक ईन्द्रनारायण चौधरीको नेतृत्वमा रहेको टोलीले तिन किलो २ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।

नेपाल को मुडली बाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचनाको अधारमा सशस्त्र प्रहरीले ३ पोकामा रहेको सो चरेस छिपहरमाई गाउँपालिका–१ ओरिया खोला नजिक भलुवहियाबाट बरामद गरेको हो
प्रहरीलाई देख्नासाथ तस्करले सो चरेसको पोका फालेर भागेका थिए ।बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालयमा पाेखरियामा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक हरिपराजुलीले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH