दुहबी प्रहरी र वडाअध्यक्षबाटै असुरक्षित भएको भन्दै सुरक्षाको लागि चौधरीले गरे अपिल

February 11, 2020

सुनसरी को दुहबी वडा नम्बर २ खिखरटोलि बस्ने धिरेन्द्र चौधरीले इलाका प्रहरी कार्यालय दुहबी र दुहबी वडा नम्बर २ का वडाध्यक्ष अरविन्द बिश्वासबाट आफु असुरक्षित भएको भन्दै सुरक्षाको लागि अपिल गरेका छन । मंगलबार दुहबीमा पत्रकार समेलन गरि उनले अपिल गरेका हुँन ।

चौधरीका अनुसार पुर्व पत्नी सँग ५ बर्स अगाडी सम्बन्ध बिच्छेद भएपनि अंशबंडाको क्रममा केही जग्गामा कुरा मिलेपनि घर भएको जग्गामा कुरा नमिले पछि पुर्व पत्नि ममता चौधरीले उक्त जग्गामा भएको घरमा आफ्नो हक लाग्ने भन्दै जिल्ला अदालत सुनसरीबाट २०७३ असोज ६ गते उनको पक्षमा फैसला भएको थियो ।

ममताले धिरेन्द्र चौधरी बस्ने जग्गा मा कुनै अंश नलाग्ने पत्र ल्याई दुहबी नगरपालिकाको न्यायिक समितिमा जग्गामा भएको घर खालि गरि पाउ भनि उजुरी गरेका थिए । न्यायिक समिति दुहबीले घर खालि गर्न पटक–पटक पत्र काटेपछि धिरेन्द्र चौधरीले न्यायिक समितिको निर्णय बदर हुने गरि जिल्ला अदालत सुनसरीमा २०७५ माघ २९ गते मुद्दा दायर गरेको बताए ।

सो मुद्दा हाल सम्म पनि अदालतमा बिचाराधिन रहेको हुनाले अदालतको अपहेलना हुँने गरि दुहबी २ वडा कार्यालयबाट वडाअध्यक्ष अरबिन्द बिश्वास र इलाका प्रहरी दुहबीबाट खटिएका केहि प्रहरीले आफु र आफ्नो परिवार लाई थुन छेकको धाक धम्कि दिनुकासाथै सोमबार घरमा जग्गा नापि गरि नक्सा बनाउने भन्दै ममताको घर जग्गा हो भनि नापि गर्न खोजदा आफु नरम भाषाबाट यो घर जग्गाको मुद्दा अदालतमा बिचाराधिन भएकोमा सम्मानित अदालतबाट जे फैसला आउछ आफु स्विकार्न तयार छु तर अहिले कुनै नापि नगर्नु, अदालतमाथी अपमान नगर्नु भन्दा प्रहरीले आफु र आफ्नो परिवार माथि दुर्ववहार गरेको बताए ।

सो बीषयमा धिरेन्द्र चौधरीले भने, ईलाका प्रहरी कार्यलय दुहबीमा बुझ्न् जाँदा प्रहरी निरीक्षक प्रवीण कार्कीले आफुलाई हप्कि दप्कि गरि बढि बोल्छस अहिले थुन्छु भनि धम्कि दिएपछि आफु प्रहरीबाटनै असुरक्षित महसुस भएको भन्दै सम्पुर्ण मानव अधिकारकर्मि, नागरिक समाज, राजनितिक दल, सन्चारकर्मि सँग सुरक्षाको अपिल गरेको पत्रकार समेलनमा जानकारी दिएका हुँन ।

उता दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले कुनै किसिमको धाक धम्कि नदिएको र निजको पुर्व पत्नी ममता चौधरिले आफ्नो घर जग्गाको नापि नक्सा गर्न नदिएको आफुमाथी र्दुव्यवहार गरेको भन्दै शान्ति सुरक्षा कायम गरि पाउ भनि उजुरीको आधारमा शान्ति सुरक्षाको लागि प्रहरी पठाएको बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH