नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

February 11, 2020

काठमाडौँ,२८ माघ। ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

यही ब्याचको वैकल्पिक टोलीमा डीआईजीको रुपमा रहेका छन् ज्ञवाली। उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहेमा ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठनको नेतृत्व गर्ने छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH