दुहबी नगरपालिका वडा नम्वर १ मा कालोपत्रे सडकको शिल्यान्यास

February 11, 2020

रिङरोडकोलागि ३७ करोड ३९ लाखको डिपिआर तयार…
सुनसरीको दुहबी वडा नम्वर १ मा १ किलोमिटर बढी कालोपत्रे सडकको शिल्यान्यास भएको छ। दुहबी वडा नम्बर १ प्राष्टोकीको गच्छदार टोल देखि दुहबी ७ भलुवा जाने निर्माणाधिन कालोपत्रे सडक ५ मिटर चौडा, लम्बाइ १ हजार ४८ मिटरको हुँनेछ ।

२०७६ पुष १५ गते सो योजना सम्झौता भएको १ वर्ष भित्रमा २०७७ पुष १४ गते सक्ने गरि आर वन कन्स्ट्रक्सनले ९७ लाख २२ हजार ४ सय ३२ मा ठेक्का लिएको हो । गत आर्थिक वर्षमा सोहि वडामा ५० लाखको लागतमा ४०० मिटर सडक कालोपत्रे भइसकेको दुहबी नगरपालिकाका इन्जिनियर हेमनारायण माझीले बताए।

मंगलवार सो कालोपत्रे सडकको शिल्यान्यास गर्नुहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले पूर्वाधार कार्यालय तर्फबाट दुहबी वडा नम्वर १ प्राष्टोकी देखि वडा नम्वर ७ को वाटर पार्क हुँदै वडा नम्बर ११ तनमुनाबाट गढी गाउँपालिका जोड्ने रिङरोडकोलागि ३७ करोड ३९ लाखको डिपिआर समेत तयार भएको जानकारी दिनुभयो । दुहबीको १२ ओटै वडालाइ राजर्मागबाट जोडेर रिङरोड बनाउँने महत्वपूर्ण योजनाकारुपमा लिदैं स्थानिय सरकारले कालोपत्रे सडकलाइ प्राथमिकतामा राखेको नगर प्रमुख गच्छदारले बताउँनुभयो ।

दुहबी वडा नम्बर ७ मा झण्डै १ अर्वको महत्वकांक्षि योजनाकोरुपमा रहेको वाटर पार्कलाइ जोड्न यो सडकको काममा गुणस्तरीयता, मापदण्ड, इस्टिमेट लगायतका बिषयमा अनुगमन जारि राख्ने बताउँनुहुँदै रिङरोडको योजनाले नगरवासीको मुहार फेरिने भएकोले विकास निर्माणको काममा स्थानियले सहयोग गर्नुपर्नेमा मेयर गच्छदारले जोड दिनुभयो।

शिल्यान्यास कार्यक्रममा दुहबी वडा नम्वर १ का वडाध्यक्ष अजुल हुसैनले कच्ची सडक हुँदा यात्रा गर्न कठिन भइरहेको बेला कालोपत्रे सुरु भएपछि स्थानियवासीमा खुसीयाली छाएको भन्दै नगर प्रमुख गच्छदारको खुलेरै तारिफ गर्नुभयो । सडक फराकिलो गर्दा सुरुमा केहि स्थानियवासीले विरोध जनाएपनि विकास निर्माणको काममा सबैले सहयोग पुर्याउनुपर्ने भन्दै काम समपन्न भएपछि सबैलाइ फाइदा पुग्ने वडाध्यक्ष हुसैनले
जनाए।

शिल्यान्यास कार्यक्रममा दुहबी वडा नम्बर ३,४ र ७ का वडाध्यक्षहरु, वडा सदस्यहरु लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH