हरियो बन कर्मचारी को धन रकक्षक नै भकक्षक भए कस्को के लागछ

February 10, 2020

मेघराज राय/जीराभवनी,२६माघ। पर्सा जिल्ला बन कार्यालय अन्तरगत रहेको रास्टृय बन कर्मचारी कै मिलोमतोमा व्यापक मात्रामा फडानी भैरहेको तथ्य सार्वजनिक भएको छ ।

पर्साको जीराभवानी गाउँपालिका वडा नं. २ अन्तरगत रहेको बसन्तपुर सव डिभिजन वन कार्यालय र पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर २ रंगपुरमा रहेको ईलाका बन कार्यालय को मातहतमा रहेको रास्टृय बनमा व्यापक मात्रामा चोरी तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।

वन कार्यालयको कर्मचारी र तस्करहरुको मिलोमतोमा वनबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको पाईएको छ । तस्करहरुले प्रति गोलिया दुई हजार देखि चार हजारसम्म वन कर्मचारीहरुलाई नजराना दिएर तस्करी गर्ने गरेको स्थानियले बताएका छन ।

त्यति मात्र नभई स्थानीय प्रहरी चौकीहरुलाई एक हजार देखि दुई हजारसम्म नजराना दिएर तस्करहरुले काठ तस्करी गर्ने गरेको नाम नबताउने सर्तमा एक तस्कर ले नै बताएका का छन। स्रोतका अनुसार बसन्तपुर सव डिभिजन वन कार्यालयका कर्मचारी र ईलाका बन कार्यालय रङ्पुर को कर्मचारी को मिलोमतोमा तस्करी हुनेगरेको बताएका छन ।तस्करहरु संग मोटो रकम लियर तस्करी गराउने गरेको बताइएको छ ।

दिन्हु जसो बिहान बेलुका सो वन कार्यालय अन्तर्गतको वनबाट सालका काँचो रूख काटेर ल्याउने गरेको समाचार प्राप्त भएको छ । सो सेक्टर वनमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोरी(तस्करीको सेटिङ हुने र वेला(वेलामा काम देखाउन काठ बरामद गर्ने गरेको स्थानीयको भनाइ रहेको छ डिभिजन वन कार्यालय अन्तर्गतको बसन्तपुर वन कार्यालयका क्षेत्रमा पर्ने अधिकांश इलाका बन कार्यालय का इन्चार्ज नबस्ने गरेकाले पनि वनमा हानि(नोक्सानी बढेको स्थानीयको भनाइ छ ।

यसैबीच पर्साको पर्सागढी नगर पालिका बाट बन गस्ती टोलिले गएराती काठ सहित दुई वटा साइकल पक्राउ गरेको छ सेक्टर बन कार्यालय मधुवन मथवल का सुपेदार प्रदिप तिमिल्सिना को नेतृत्व मा गएको बन गस्ती टोलिले पर्सागढी नगर पालिका वार्ड नम्बर दुई को गुलरिया गाउँ नजिक को जङ्गल मा गएराती दुई बजेको समयमा रास्टृय बन बाट काचो सालको गोलिया काठ कटान गरि ल्याउदै गरेको अवस्था दुइवटा साइकल सहित दुई थान सालको गोलिया काठ चौध फिट पक्राउ गरेको हो बन गस्ती टोलिलाइ देख्ने बितिकै तस्कर हरुले काठ र साइकल छोडेर भागेको ले उनिहरुलाइ पक्राउ गर्न नसकिएको बन गस्ती टोलिले दाबी गरेको छ।
पक्राउ गरिएको काठ र साइकल लाई आवश्यक कार्वाही को मधुवन मथवल सब डिभिजन बन कार्यालय मा राखिएको सुपेदार तिमिल्सिना ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH