स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ

February 9, 2020

बिरगंज,२६ माघ। वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो रहेका छन् ।
बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्त्री चोकबाट उक्त रकमसहित उनी आइतबार पक्राउ परेका हुन् ।

अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Janakpurvani

Designed & Developed By PROTECH